मंगलवार, २८ आश्विन, २०८२

सरकारले गर्यो युट्युब पनि बन्‍द

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २१ भाद्र, २०८२

सरकारले गर्यो युट्युब पनि बन्‍द

२०८२ भदौ २१, काठमाडौं । नेपाल सरकारले अवैध सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको दुई दिनमै युट्युब पनि देशभर बन्द गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायकहरूले यो निर्णय कार्यान्वयन गरेका हुन् ।

यससँगै लाखौँ नेपाली प्रयोगकर्ताहरू संगीत भिडियो, चलचित्र, वेब सिरिज, गीत–संगीत, समाचारदेखि कमेडीसम्मका सामग्रीमा पहुँचविहीन भएका छन् । आलोचकहरूले यो कदमले केवल मनोरञ्जन मात्र होइन, शिक्षा, जानकारी आदान–प्रदान र जीविकोपार्जनका लागि प्रयोग हुने महत्वपूर्ण माध्यमसमेत बन्द भएको बताएका छन् ।

आईएसपानका अध्यक्ष सुधीर पराजुलीले युट्युबका सबै आइपी एड्रेसहरू खोज्दै बन्‍द गर्ने प्रक्रिया सुरू भइकेको बताए । उनका अनुसार अहिले वेब ब्राउजरमा युट्युबका आईपी एड्रेसहरू बन्द गरिएका छन् भने मोबाइलमा चलिरहेको छ । 

यसले सरकारको तयारी, प्राविधिक बुझाइ र अभिव्यक्ति स्वतन्त्रतामा प्रश्न उठाएको छ ।

advertisement_1676998982.gif