बिहीबार, ३ बैशाख, २०८३

सरकारले दियो ईदको सार्वजनिक बिदा

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, ६ चैत्र, २०८२

सरकारले दियो ईदको सार्वजनिक बिदा

२०८२ चैैैत्र ६, काठमाडौं । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीको पर्व ईद (ईद्-उल-फित्र) का अवसरमा चैत ७ गते शनिवार सार्वजनिक बिदा दिएको छ ।

मन्त्रालयले  आज विज्ञप्ति जारी गर्दै मुस्लिम आयोगबाट प्राप्त पत्रअनुसार २०८२ साल चैत ७ गते शनिवारका दिन ईद परेको जानकारी आएकाले सो दिन सार्वजनिक बिदा हुने स्पष्ट पारेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा वि.सं. २०८१ फागुन १५ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार नै यो बिदाको व्यवस्था गरिएको उल्लेख छ ।

मन्त्रालयले इदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

advertisement_1676551646.gif