शुक्रबार, १५ फाल्गुन, २०८२

तामाकोशीमा बस दुर्घटना : पाँच जनाको मृत्यु, ११ जनाको उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, २८ माघ, २०८२

तामाकोशीमा बस दुर्घटना : पाँच जनाको मृत्यु, ११ जनाको उद्धार

२०८२ माघ २७, काठमाडौं । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट क्षेत्रबाट तामाकोशी नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ ।

बा ९९७५ नम्बरको बस दुर्घटना हुँदा कम्तीमा ५ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिइएको हो ।

११ जनाभन्दा बढीको उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । रामेछापका प्रमुख जिल्‍ला अधिकारी श्यामकृष्ण थापाले काउन्टरबाट ८ जनाको टिकट काटेको पाइए पनि बीचबीचमा अरु यात्रु चढेकाले बसमा जम्मा कति जना थिए यकिन नभएको बताए ।

उद्धार जारी नै रहेकाले मृत्यु र घाइतेको विवरण अहिले प्राप्त भइनसकेको प्रमुख जिल्‍ला अधिकारी थापाको भनाइ छ । बस नदीमा डुबेकाले उद्धारमा समस्या भइरहेको भट्टले बताए ।

रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ ।

advertisement_1676551694.gif