राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २० श्रावण, २०८२
२०८२ साउन १९, काठमाडौं । उच्च अदालत पाटनले मेडिकल व्यवसयी दुर्गा प्रसाईंलाई बैंकिङ कसुर मुद्दामा २८ लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
१८ करोड ४४ लाख रुपैयाँ बिगो दाबी गरिएको कर्जा अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा प्रसाईंलाई निर्दोष भन्न नसकिने तर उनी क्यान्सर रोगबाट पीडित रहेको प्रमाणलाई समेत आधार मान्दै धरौटीमा छाड्न आदेश दिएको हो ।