राष्ट्रिय सन्देश संबाददाता, शनिबार, २० बैशाख, २०८२
२२ बैशाख, काठमाडौं । धरानबाट भोजपुरको दिङ्ला गइरहेको बस सोमबार बिहान धनकुटामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बस धनुकटा नगरपालिका-६ गोलाईनजिकै दुर्घटनामा परेको हो ।
धरानबाट भोजपुरतर्फ गइरहेको यो बस ब्रेक फेल भएर सडकबाट तल खसेको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले घटनामा १४ जना घाइते भएको जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार को १ ख २१७७७ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा धनुकटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको ज्यान गएको हो । उनका अनुसार भुजेलको बिहान पौने १२ बजे धनुकटा जिल्ला अस्पतालमा ज्यान गएको हो ।
घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।