मंगलवार, २८ आश्विन, २०८२

उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदै, उम्‍मेदवारहरूलाई चुनाव चिन्‍ह आजै दिइने

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ चैत्र, २०७९

उम्मेदवारको अन्तिम नामावली आज प्रकाशित हुँदै, उम्‍मेदवारहरूलाई चुनाव चिन्‍ह आजै दिइने

काठमाडौंं।आगामी वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ ।निर्वाचन आयोगले उपचुनावका लागि आज उम्मेदवार दिएका उम्‍मेदवारहरूको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको हो। निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

निर्वाचन  आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुक उम्‍मेदवारहरूले तोकिएको समयमा आफ्नो उम्‍मेदवारी फिर्ता लिन सक्‍ने छन। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ । उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ ।

आज उम्मेदवारले चुनाव चिह्न पाएपछि उपचुनावको प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ ।

मङ्सिर ४ गते भएको चुनावमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपचुनाव हुन लागेको हो ।

advertisement_1676553851.gif