सोमबार, २० श्रावण, २०८२

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १९ श्रावण, २०८२

बागमतीका मुख्यमन्त्री लामाले दिए राजीनामा

२०८२ साउन १८, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । 

उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज आइतबार पदबाट राजीनामा दिएका हुन् । 

मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए।

उनले ९ साउन २०८१ मा मुख्यमन्त्रीमा सपथ लिएका थिए।

advertisement_1676553851.gif