आईतवार, १६ कार्तिक, २०८३

एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री शाह

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री शाह

२०८३ कार्तिक १५ काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले गलत काम गर्ने वा कानुनको दायराबाट उम्किने प्रयास गर्नेहरूलाई लक्षित गर्दै कडा चेतावनी दिएका छन् ।

प्रधानमन्त्री शाहले  फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले भनेका छन्, “सही समय आएपछि, सबैको गलत समय आउँछ। एक, दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ।”

सामाजिक सञ्जालमा तीव्र गतिमा भाइरल भइरहेको प्रधानमन्त्रीको यो पोस्टलाई लिएर सर्वसाधारण र राजनीतिक वृत्तमा अनेकौँ चर्चा-परिचर्चा सुरु भएका छन् । अधिकांश समर्थकहरूले यसलाई सरकारको सुशासनप्रतिको प्रतिबद्धताका रूपमा व्याख्या गरेका छन् ।

प्रधानमन्त्री शाहले  बिचौलियासँग न्यायाधीशहरूको सम्पर्क, मिडिया हाउसमा प्रहरी परिचालनको विषयमा सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्रीले यस्तो टिप्पणी गरेका हुन् ।

मुलुकमा पछिल्लो समय चलिरहेका विभिन्न भ्रष्टाचारसम्बन्धी छानबिन, प्रशासनिक कडाइ र राजनीतिक घटनाक्रमका बिच उनको यो भनाइ आएकाले यसलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

advertisement_1676553851.gif