शुक्रबार, २३ आश्विन, २०८३

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

राष्ट्रिय सन्‍देश संबाददाता, १३ घण्टा पहिले

एमाले वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

२०८३ असोज २२ काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता विद्या भण्डारीले शपथ लिएकी छन् ।

पार्टी मुख्यालय च्यासलमा जारी ११ औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक सुरु हुनुअघि अध्यक्ष केपी ओलीले शपथ गराएका हुन् ।

वरिष्ठ नेता मनोनीत भएपछि भण्डारी पहिलोपटक बैठकमा सहभागी भएकी हुन् । ८ असोजको सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गर्ने निर्णय गरेको थियो ।

advertisement_1676553908.gif