बिहीबार, २५ असार, २०८३

गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

२०८३ असार २४, काठमाडौँ । सरकारले नयाँ मुख्यसचिवमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज भएको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

लामो समय निजामती प्रशासनको विभिन्न जिम्मेवारीमा रहेर कुशलतापूर्वक कार्यसम्पादन गर्नुभएका कार्कीसँग स्थानीय प्रशासन, मन्त्रालयगत नेतृत्व र नीति निर्माण तहमा काम गरेको व्यापक अनुभव छ ।

मुख्यसचिवमा नियुक्त हुनुअघि उनले प्रधानमन्त्री कार्यालयमा सचिवका रूपमा उत्कृष्ट समन्वयकारी भूमिका निर्वाह गर्दै आएका थिए ।

सचिवमा बढुवा भएको दुई वर्षमै उनी मुख्यसचिव बन्न सफल भएका हुन् ।

advertisement_1676553851.gif