शनिबार, १७ आश्विन, २०८३

कांग्रेस महाधिवेशन: केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ता सोमबार हुने

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

कांग्रेस महाधिवेशन: केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ता सोमबार हुने

२०८३ असोज १६ काठमाडौँ I नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिका लागि उम्मेदवारहरुको मनोनयन दर्ता आगामी असोज १९ गते सोमबार गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मनोनयन दर्ता सम्बन्धी जानकारी दिएका हुन्।

विज्ञप्ति अनुसार सो दिन दिउँसो २:०० बजेदेखि साँझ ६:०० बजेसम्म काठमाडौँस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने समय समय सीमा तोकिएको छ।निर्वाचन समितिले विज्ञप्तिमार्फत योग्य तथा इच्छुक उम्मेदवारहरुलाई तोकिएको समयावधिभित्रै उपस्थित भई मनोनयन पत्र दर्ता गराउन अनुरोध गरेको छ। मनोनयन दर्तापछि सञ्चालन हुने अन्य निर्वाचन कार्यक्रम सम्बन्धी विस्तृत तालिका भने पछि सार्वजनिक गरिने समितिले जनाएको छ।   

advertisement_1680627706.gif