बिहीबार, १४ श्रावण, २०८३

कोशी र मधेशका सांसदहरूलाई जिल्ला फर्केर सद्भाव कायम गर्न रास्वपा सभापति लामिछानेको निर्देशन

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

कोशी र मधेशका सांसदहरूलाई जिल्ला फर्केर सद्भाव कायम गर्न रास्वपा सभापति लामिछानेको निर्देशन

२०८३ साउन १४, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेश प्रदेशका सांसदहरूलाई आआफ्नो जिल्ला तथा क्षेत्रमा फर्किएर सामाजिक सद्भाव कायम गर्न कंक्रीट निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा कोशी र मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरूसँग आकस्मिक बैठक गर्दै सभापति लामिछानेले हालै सुनसरीमा घटेको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे गम्भीर समीक्षा गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद रहवर अन्सारीले सभापति लामिछानेले घटनाको सामूहिक अपनत्व लिँदै केन्द्रमा मात्र नबसी तत्काल आफ्ना क्षेत्रमा खटिन निर्देशन दिएको जानकारी दिए ।

बाहिरी तत्वहरूले सामाजिक सद्भाव भड्काउन खोजेको उल्लेख गर्दै उनले त्यस किसिमका द्वेषपूर्ण गतिविधिहरूलाई मत्थर पार्न सांसदहरूले राज्यका संयन्त्रसँग समन्वय गरी अग्रसरता लिनुपर्ने बताए ।

उनले सुनसरीमा भएको गोलीकाण्ड र त्यसबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भावमा खलल पुग्नु सम्पूर्ण समाजका लागि साझा चुनौती भएको उल्लेख गरे । देशको एकता, शान्ति र सहअस्तित्वलाई सुदृढ बनाउन सबै पक्षको जिम्मेवार भूमिका आवश्यक रहेको धारणा पनि उनले व्यक्त गरे।

advertisement_1676553851.gif