शुक्रबार, ५ बैशाख, २०८२

कर्णाली सरकारको वार्षिक कार्यप्रगति सार्वजनिक (पूर्णपाठसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २७ चैत्र, २०८१

कर्णाली सरकारको वार्षिक कार्यप्रगति सार्वजनिक (पूर्णपाठसहित)

२८ चैत २०८१, सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएपछि बुधबार मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो वार्षिक कार्यप्रगति सार्वजनिक गरेका छन् ।

बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनमार्फत ११ पृष्ठ लामो प्रगति विवरण ३२ मिनेटको भिडियो डकुमेन्ट्रिमार्फत सार्वजनिक गरिएको हो ।

मुख्यमन्त्री कँडेलले प्रदेशमा सुशासन कायम गराउने सवालमा निर्मम भएर लागेको दाबी गरेका छन् ।  उनले जथाभाबी बजेट वितरण प्रवृत्तिमा रोक लगाएको, मनलाग्दी रकमान्तर रोकेको, उपभोक्ता समितिबाट हुने बदमासीलाई नियन्त्रण गरेको पनि प्रगति विवरणमा उल्लेख गरेका छन् ।

पछिल्लो एक वर्षको अवधिमा भौतिक पूर्वाधारतर्फ कर्णालीमा ९५ किमी कालोपत्रे, २०५ किमी ग्राभेल, २३ पक्की पुल, ४२ झोलुङ्गे पुल, ८ सार्वजनिक भवन निर्माण भएको बताइएको छ ।

Download the PDF
advertisement_1676553908.gif
advertisement_1693066608.gif
advertisement_1697293415.gif