मंगलवार, ८ बैशाख, २०८३

मन्त्रिपरिषद् बैठक : यस्ता छन् मुख्य पाँच निर्णय

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

मन्त्रिपरिषद् बैठक :  यस्ता छन् मुख्य पाँच निर्णय

२०८३ बैशाख ०८, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्याय र भुवनकुमार दाहाल सदस्य रहेको तीन सदस्यीय समिति सिफारिस समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिनाले जानकारी दिए ।

बैठकले नेपाल विशेष सेवा ऐन २०४२, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संसद्मा पेश गर्न स्वीकृत दिने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक र मतदाता नामावली ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय भएको पनि मन्त्री तिमल्सिनाले जानकारी दिए । 

त्यस्तै बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा प्युठानका डिल्लीराज आचार्यलाई नियुक्त गरेको छ । त्यस्तै, धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्यलाई सदस्य नियुक्त गरेको छ ।

advertisement_1676551646.gif