मंगलवार, २७ आश्विन, २०८३

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

२०८३ असोज २६ काठमाडौँ । पूर्वसांसद तथा नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका लागि लैजाने क्रममा निधन भएको हो ।

कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार पौडेललाई अस्पतालको आकस्मिक कक्षमा ल्याइपुर्‍याउँदा नै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।

लामो समय नेकपा (एमाले)को राजनीतिमा सक्रिय रहेका पौडेल एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा आबद्ध भएका थिए ।

पछि एकीकृत समाजवादी र तत्कालीन माओवादी केन्द्रबीच एकता प्रक्रिया अघि बढेपछि त्यसमा असहमति जनाउँदै उनी नेकपा संयुक्तमा क्रियाशील भएका थिए । राजनीतिक गतिविधिका साथै उनले जनता टिभीसमेत सञ्चालन गर्दै आएका थिए ।

advertisement_1680627706.gif