बुधबार, ३ भाद्र, २०८३

नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका सार्वजनिक

राष्ट्रिय सन्‍देश संबाददाता, १८ घण्टा पहिले

नेपाली कांग्रेसको  महाधिवेशनको कार्यतालिका सार्वजनिक

२०८३ भदौ ०२ काठमाडौँ  । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५ औं महाधिवेशनको आधिकारिक कार्यतालिका सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ कार्यतालिका अनुसार आगामी भदौ २४ गतेदेखि पार्टीको सबैभन्दा तल्लो तह मानिने गाउँ तथा नगरका वडा अधिवेशनहरू सुरु हुनेछन् ।

वडा अधिवेशनबाट चयन हुने क्षेत्रीय प्रतिनिधिहरूले नै पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनमा प्रतिनिधि भएर सहभागी हुन पाउने वैधानिक व्यवस्था रहेको छ ।

निर्वाचित कार्यतालिका अनुसार नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू भदौ मसान्तभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । यसैगरी भदौ २७ गते गाउँ-नगर पालिका अधिवेशन र भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन तय गरिएको छ ।

आगामी असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र रहेका जिल्लाहरूको जिल्ला अधिवेशन सम्पन्न हुनेछन् । कार्यतालिकालाई अगाडि बढाउँदै असोज ७ गते जिल्ला अधिवेशन र असोज १९ गते प्रदेश अधिवेशनको मिति तोकिएको छ ।

पार्टीको सर्वोच्च नीति निर्माण तहको रूपमा रहेको केन्द्रीय महाधिवेशन भने आगामी असोज १६, १७, १८ र १९ गते भव्यताका साथ आयोजना गरिने निर्वाचन समितिले जनाएको छ ।

advertisement_1676553908.gif