बुधबार, ३ भाद्र, २०८३

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

२०८३ भदौ ०३ काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बुधबार बस्दैछ । बैठक दिउँसो १ः१५ बजेबाट बस्नेछ ।

आजको बैठकमा परराष्ट्र मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सबन्धित लिखित प्रश्नहरूको उत्तर सबन्धित मन्त्रीहरूले टेबुल गर्नेछन् ।

अर्थ मन्त्रालय र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग सबन्धित मौखिक प्रश्नहरूको सबन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय खडकराज पौडेलले ‘आन्तरिक वायुसेवाको दायित्वसबन्धी विधेषक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

advertisement_1676551537.gif