मंगलवार, १२ कार्तिक, २०८२

निर्वाचन तोकिएकै मितिमा हुन्छः गृहमन्त्री अर्याल

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

निर्वाचन तोकिएकै मितिमा हुन्छः गृहमन्त्री अर्याल

२०८२ कार्तिक ११, जनकपुरधाम । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका छन् । 

उनले जनकपुरधामस्थित गङ्गासागर पोखरीको घाटमा आज साँझ छठ पूजा अवलोकन तथा प्रार्थनापश्चात् पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै निर्वाचन निर्धारित मितिमै हुनेमा ढुक्क रहन आग्रह गरे ।

साथै उनले निर्वाचनको विकल्प नभएको बताउँदै निर्वाचनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था पूर्ण रुपमा गरिने प्रतिबद्धता जनाए ।

उनले छठ पर्व प्राकृतिक जनआस्थाको प्रतीक रहेको उल्लेख गर्दै यसले सबै वर्ग तथा समुदायबीच आपसी सद्भाव कायम गरेको बताए। ‘यसको दिनप्रतिदिन गरिमा र महत्व बढ्दै गएको छ’, उनले भने ।

advertisement_1676998982.gif