राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ बैशाख १६, काठमाडौं । न्याय परिषद्ले सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको छ ।
परिषद्को आज बसेको बैठकले उनलाई उच्च अदालत सुर्खेत अन्तर्गत जुम्ला इजलासमा कार्यरत रहने गरी न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेको हो ।
यसबारे परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
