बिहीबार, २५ भाद्र, २०८३

नवनियुक्त उद्योग मन्त्री साहद्वारा पद बहाली

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

नवनियुक्त उद्योग मन्त्री साहद्वारा पद बहाली

२०८३ भदौ २५ काठमाडौं । नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद बहाली गरेका छन् । शपथ लगत्तै आज मन्त्रालय पुगेर मन्त्री शाहले पद बहाली गरेका हुन् ।

शाहले विहिबार नै राष्ट्रपति निवासमा आयोजित कायर्क्रममा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए । मन्त्री साहलाई राष्ट्रपति रामचन्द पौडेलले पद तथा गोपनियताको शपथ गराएका हुन् ।

बिहीबार राष्ट्रपति भवन शितल निवासमा शपथ लिएपछि मन्त्री साह मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सर्वप्रथम निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग विगतमा भएका कामकारबाही र बाँकी रहेका कार्ययोजनाबारे जानकारी लिने र त्यसैका आधारमा अघि बढ्ने बताए । 

प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित साह उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले राजीनामा दिएपछि सो पदमा नियुक्त गर्न सिफारिस गरेका थिए ।

advertisement_1676998982.gif