बुधबार, १४ आश्विन, २०८३

पूर्वप्रधानन्यायाधीश जबरालाई सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरेर सुरक्षित स्थानमा लगिएको: मन्त्री पोखरेल

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

पूर्वप्रधानन्यायाधीश जबरालाई  सुरक्षा थ्रेट बढेपछि रेस्क्यू गरेर सुरक्षित स्थानमा लगिएको: मन्त्री पोखरेल

२०८३ असोज १३ काठमाडौँ I पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नियन्त्रण वा पक्राउ नगरिएको, बरु सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा लगिएको सरकारले दाबी गरेकाेछ ।

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सुरक्षा सतर्कता बढाउनुपर्ने अवस्था आएकाले प्रहरीले उनको ‘रेस्क्यु’ (उद्धार) गरेको दाबी गरेका हुन् ।

प्रवक्ता पोखरेलका अनुसार पूर्वप्रधानन्यायाधीशको परिवारले थप सुरक्षाकर्मीका लागि निवेदन दिएको र सोही आधारमा सुरक्षा प्रबन्ध मिलाइएको हो ।

उनले भने, ‘पक्राउ गरिएको होइन । सुरक्षामा प्रश्न आइसकेपछि रेस्क्यू गरेर लगिएको हो । उहाँले थप सुरक्षा माग गरेर निवेदन पनि पठाउनुभएको छ । यसले पनि थ्रेट आएको पुष्टि गर्छ ।’

उनले जेनजीबाट थ्रेट आएको नभइ अपरिचित समूहबाट आएको बताए ।

मन्त्री पोखरेलले पूर्व प्रधानन्यायाधीश राणामाथि जेनजी समूहबाट सुरक्षा थ्रेट आएको भनी विभिन्न सञ्चारमाध्यममा आएका समाचारमा समेत सत्यता नरहेको स्पष्ट पार्नुहुँदै धम्की दिने समूहबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए ।

advertisement_1676551694.gif