शनिबार, ४ आश्विन, २०८२

पूर्वराष्ट्रपति भण्डारीले जेन-जी आन्दोलनका घाइतेहरूलाई प्रहरी अस्पताल पुगेर भेटिन्

राष्ट्रिय सन्‍देश संबाददाता, १६ घण्टा पहिले

पूर्वराष्ट्रपति भण्डारीले जेन-जी आन्दोलनका घाइतेहरूलाई प्रहरी अस्पताल पुगेर भेटिन्

२०८२ असोज ३, काठमाडौँ । पूर्वराष्ट्रपति विद्या भण्डारीले जेन जेड आन्दोलनको क्रममा घाइते भएका प्रहरी र युवाहरूलाई भेटेकी छन् । पूर्वराष्ट्रपति भण्डारीले महाराजगन्जस्थित नेपाल प्रहरी अस्पताल पुगेर घाइतेहरू लाई भेटेकी हुन् ।

उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे बुझेकी थिइन् । भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनको क्रममा घाइते भई उपचार गराइरहेका प्रहरीहरूको स्वास्थ्य अवस्था चासो देखाइन् । उनले घाइते भएका  अन्य सर्वसाधारणलाई पनि भेटेकी थिइन् ।

यसअघि बुधबार घाइते प्रहरीहरूलाई भेट्न गृहमन्त्री ओमप्रकाश अर्याल र ऊर्जा मन्त्री कुलमान घिसिङ पनि पुगेका थिए । आन्दोलनमा ३ जना प्रहरीको मृत्यु भएको  थियो भने केही प्रहरीहरू गम्भीर घाइते भएका छन् । उनीहरूको  उपचार जारी छ । सामान्य घाइते भएका  प्रहरीहरू उपचारपश्चात् सेवा फर्किसकेका छन् ।

advertisement_1676553851.gif