बुधबार, २२ माघ, २०८२

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

राष्ट्रिय सन्‍देश संबाददाता, ४ घण्टा पहिले

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ तीन हजार १३५ उम्मेदवार कायम

२०८२ माघ २०, काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । 

आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् । 

प्रकाशित बन्द सूचीमा एक हजार ७३२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहेका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

advertisement_1676998982.gif