राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ साउन ०७, काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गर्दैछन् । चिया उद्योगले भोगिरहेका समस्या र समाधानका उपायबारे उनले ११:३० बजे छलफल गर्ने भएका हुन् ।
नेपालको हस्तकला, त्यसको विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले महासंघका प्रतिनिधिसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलको कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्यालयका अनुसार छलफलमा अर्गानिक एसोसिएसन अफ नेपाल, गोर्खा टि-स्टेट, हिमालयन सांग्रिला चिया उद्योग, अन्नपूर्ण अर्गानिक एग्रो इन्डस्ट्रीलगायतका प्रतिनिधि सहभागी हुनेछन् ।
भारतले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रणालीका कारण केही समय नेपाली चियाको निर्यात प्रभावित भएको थियाे । जसले इलाम र झापाका चिया उद्योग तथा कामदारहरू प्रभावित भएका थिए ।