शुक्रबार, २ आश्विन, २०८३

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सन्‍देश संबाददाता, ५ घण्टा पहिले

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८३ असोज ०२ काठमाडौँ I  संघीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १:१५ बजे सिंहदरबारमा बस्दैछ ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने मुख्य कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ । त्यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिला, शिक्षा तथा खेलकुद र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन् ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८०/८१ तथा २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

साथै, राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले ‘सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानुन निर्माणसम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

advertisement_1680627706.gif