शनिबार, २ कार्तिक, २०८२

राष्ट्रपति कार्यालयमा जेनजीसँग सरकारको छलफल जारी

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, ३० आश्विन, २०८२

राष्ट्रपति कार्यालयमा जेनजीसँग सरकारको छलफल जारी

२०८२ असोज ३०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल निवास शीतल निवासमा प्रधानमन्त्री सुशीला कार्की सहित जेनजी अगुवाहरु छलफलमा बसेका छन् । केहिबेर अघिबाट सुरु भएको छलफलमा सरकार तर्फबाट प्रधानमन्त्री कार्की सहित मन्त्रीहरु सहभागी छन् भने जेनजी अगुवाहरु पनि सहभागी छन् । 

छलफलमा जेनजीबाट मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुन्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी, धिरज जोशी लगायत सहभागी छन् ।

छलफलमा जेनजी आन्दोलनका एजेन्डा र मन्त्रीपरिषद विस्तार लगायतका विषयमा छलफल भैरहेको बताइएको छ । 

advertisement_1676553851.gif