राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ बैशाख १८, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी अध्यादेश जारी गरेका छन् ।
सरकारले गरेको सिफारिस अनुसार राष्ट्रपति पौडेलले आज सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् ।
नेपाल सरकारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरेका हुन्। पछिल्लो समय सरकारले आवश्यकता महसुस गरी सिफारिस गरेका विभिन्न अध्यादेशहरू जारी गर्ने क्रममा राष्ट्रपतिबाट यो नयाँ अध्यादेश प्रमाणीकरण भएको हो ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणका लागि विद्यमान कानुनी व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउन यो अध्यादेश ल्याइएको हाे ।
