राष्ट्रिय सन्देश संबाददाता, २ घण्टा पहिले
२०८३ बैशाख १७ काठमाडौं । सहकारी क्षेत्रमा देखिएका विद्यमान समस्या समाधान र कानुनी सुधारका लागि राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार 'सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३' जारी गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो।संघीय संसद्को अधिवेशन नचलेको अवस्थामा तत्काल केही गर्न आवश्यक परेको भन्दै सरकारले अध्यादेशमार्फत कानुन ल्याउन सिफारिस गरेको थियो ।