बुधबार, २८ आश्विन, २०८३

राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी

राष्ट्रिय सन्‍देश संबाददाता, ९ घण्टा पहिले

राष्ट्रपति पौडेलद्वारा  दुई अध्यादेश जारी

२०८३ असोज २७ काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई महत्त्वपूर्ण अध्यादेश जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उनले  ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेको  राष्ट्रपति कार्यालयले जनाएको छ ।

संसद् अधिवेशन चालू नरहेको अवस्थामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट यी दुवै अध्यादेश जारी गरिएका हुन्।

advertisement_1676998982.gif