राष्ट्रिय सन्देश संबाददाता, १ घण्टा पहिले
२०८३ जेष्ठ १, शुक्रबार, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्याल र नेपालका लागि जापानका राजदूत महामहिम Mr. Maeda Toru बिच शिष्टाचार भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध,आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो । सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी हुने विश्वास व्यक्त गरे ।
उनले नेपालको विकास, पूर्वाधार, शिक्षा तथा प्रविधि क्षेत्रमा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा समेत सहकार्य अझ विस्तार हुने अपेक्षा गरिएको छ ।
राजदूत Toru ले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्व दिएको उल्लेख गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।