सोमबार, ११ फाल्गुन, २०८२

निर्वाचनकाे समयमा तीन दिन सार्वजनिक बिदाका लागि सिफारिस

राष्ट्रिय सन्‍देश संबाददाता, ७ घण्टा पहिले

निर्वाचनकाे समयमा तीन दिन सार्वजनिक बिदाका लागि सिफारिस

२०८२ फागुन १०, काठमाडौंं । निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले निर्वाचन आयोगले फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ ।

आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागिताका लागि फागुन २०, २१ र २२ गते गरि तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो । 

यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार ७ दिन सार्वजनिक बिदा हुने छ । फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २३ र २४ गते क्रमश: शनिबार र आइतबार अन्तर्राष्ट्रिय नारी दिवस समेत पर्ने भएकाले लगातार एक हप्ता बिदा हुने भएको हो ।

भट्टराईका अनुसार अतिरिक्त बिदाले विभिन्न स्थानमा रहेका मतदातालाई आफ्नो मतदान केन्द्रसम्म पुग्न सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

advertisement_1676551537.gif