बुधबार, ३१ असार, २०८३

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

राष्ट्रिय सन्‍देश संबाददाता, ६ घण्टा पहिले

टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद, ४० हजार जरिवाना

२०८३ असार ३०, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीस तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गर्दै चार वर्षको कैद र ४० हजार जरिवाना तोकेको हो ।

ठगीमा दुई वर्ष कैद र २० हजार जरिबाना, संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिबाना, राज्य विरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिबाना, सोही कसूरमा थप ६ महिना कैद तोकिएको हो ।

त्यस्तै एकीकृत कसुरमा ४ वर्ष कैद र ४० हजार जरिबाना तोकिएको जानकारी दिइएको छ ।

advertisement_1676553908.gif