राष्ट्रिय सन्देश संबाददाता, १७ घण्टा पहिले
२०८२ फागुन ०४, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुन: पक्राउ गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई सोमबार प्रहरीले भक्तपुरस्थित घरबाटै पक्राउ गरेको हो ।
दुर्गा प्रसाईंलाई साेमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।
२३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका प्रसाई २५ माघमा हाजिरी जमानीमा छुटेका थिए ।