आईतवार, १० कार्तिक, २०८२

वार्ताका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई सिडिओमार्फत दुर्गा प्रसाईँले पठाए पत्र

राष्ट्रिय सन्‍देश संबाददाता, ३ घण्टा पहिले

वार्ताका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई सिडिओमार्फत दुर्गा प्रसाईँले पठाए पत्र

२०८२ कार्तिक ९, काठमाडौं । दुर्गा प्रसाईँले वार्ताका लागि समय उपलब्ध गराइदिन भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्राचार गरेका छन् । 

प्रसाईँ आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेर प्रमुख जिल्ला अधिकारी इश्वराज पौडेलमार्फत वार्ताका लागि समय मिलाइदिन भन्दै पत्राचार गरेका हुन् । उक्त पत्र जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पठाइसकेको छ ।

प्रसाईँले विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेसँगै गृह मन्त्रालयले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलन भन्दा पनि वार्तामार्फत संवाद र छलफल गर्न आव्हान गरेको थियो । त्यसै आव्हान अनुसार प्रसाईँ आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर वार्ताका लागि पत्र पेश गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेका प्रसाईँले काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले छलफल समेत गरेका छन् । ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार प्रसाईँले घोषणा गरेको विभिन्न आन्दोलन तथा प्रदर्शनका विषयमा छलफल भएको छ ।

advertisement_1676553908.gif