राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २२ फाल्गुन, २०७९
काठमाडौँ। आज फागु पुर्णिमा नेपालका पहाडी भेगमा फागु पर्व अर्थात होलि पर्व भव्यताका साथ मनाइदै छ। काठमाडौँ लगाएत पहाडी भेगमा बिहानै देखि एक आपसमा रंग लगाएर फागु खेल्न शुरु भैसकेको छ। परम्परा भिन्दै भए पनि अहिले खासगरी युवा युवतीहरु एक आपसमा सेतो कपडामा तयार भएर भिन्न सप्तरंगी रंग ले एक अर्कालाई लगाइदिएर रमाइलो संग मनाउने चलन रहेको छ।पानि तथा रंग बाट साथीहरुबीच रंग छ्याप्ने अनि रमाइलो गर्ने चलन रहेको छ।होलि पर्व नेपालका तराई भेगमा भोलि मनाइदै छ पुर्णिमाको भोलि पल्ट तराई भेगमा पहिले देखि नै मनाउने गरिएको हो।
होलि नेपालका भिभिन्न भेगमा आ-आफ्नै तरिकाले मनाउने चलन रहेको छ। धेरै जसो एक अर्कालाई रंग लगेर मनाउने चलन रहे पनि काठमाडौँ मा प्रत्येक वर्ष वसन्तपुरमा विधिपूर्वक चीर ठड्याइएसँगै फागुपर्व सुरु हुन्छ । हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि मुलुकभर विधिवत् रूपमा होलीको सुरुवात हुन्छ ।वसन्तपुरमा चीर ठड्याउनुअघि पशुपतिस्थित गोरखनाथको मन्दिरमा पृथ्वीनारायण शाहको गुर्जु पल्टनले सलामी दिइन्छ ।भक्तपुरको बाँसघारीबाट ल्याइएको बाँस तथा गुह्येश्वरीबाट ल्याइएको मयल रूखको हाँगामा रंगीचंगी कपडा झुन्ड्याएर पूजा गरी चीर ठड्याइन्छ । त्यसपछि चीरलाई परिक्रमा गर्दै त्यहाँ एकआपसमा अबिर छ्यापी हर्ष र उल्लासका साथ होली खेल्न सुरु हुन्छ ।
तेस्तै पहाडी शहर पाल्पामा फागु अर्थात होलि खेल्ने अन्य भन्दा भिन्दै किसिमको छ। त्यहाँ सबै जना जम्मा भएर टेम्का, ढोलक, बासुरी ,मादल लगाएतका बाद्य बादन सहित उपस्थिति भएर फागु खेल्दै घर घर जाने चलन रहेको छ। रंग लगाएर फागु गीत गाउदै सबै गाउ तथा शहरका घर घरमा पुगेर फागु खेल्ने गरिन्छ। यसरी घर घर आउने हरुलाई पैसा तथा खानेकुरा दिने चलन रहेको छ। यस्ता गीता हरु भजन शैली का हुन्छन। खास गरि भगवान श्री कृष्ण का लिलाहरु का बिषयमा फागु गीत गाइन्छ।
आजकाल केहि समाजलाई संदेश दिने खालका संदेश मुलक फागु गीत हरु पनि गाउने गरिन्छ।भिभिन्न संघ संस्था हरुले पनि फागु खेल्ने कार्यक्रम को आयोजना गर्ने गरेका छन्।यो बिशेष गरि पाल्पा जिल्ला मा मनाइने हुदा पाल्पा बाट बाहिरी शहर मा बसोबास गर्ने व्यक्तिहरु ले अन्यत्र पनि मनाउने गर्दछन।आज पाल्पा बाट काठमाडौँ मा बसोबास गर्ने हरु काठमाडौँ को बसन्तपुर मा पाल्पाली शैली मा फागु खेल्ने कार्यक्रम मनाउदै छन्।तेस्तै होलिका नाम मा जो पायो उसलाई पानि छ्याप्ने सहमति बिपरित रङ लगाउन प्रशासन ले निषेध गरेको छ।जबर जस्ती गर्ने लाइ कारवाही गर्ने गरि सुरक्षा व्यवस्था पनि कडा परेको छ।
होलीको संस्कृति
होली पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने चाड हो । धार्मिक कथनअनुसार त्रेता युगमा हिरण्यकश्यपु नामक एक राक्षसलाई भगवान् विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । उनको छोरा प्रह्लाद विष्णुका परम भक्त भएकाले उनलाई मार्ने योजना बनाएका थिए । उनको बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसीयाली मनाउन आपसमा रङ र अबिर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ ।