मंगलवार, १९ जेष्ठ, २०८३

टुँडिखेलमा सेनाले मनायो घोडेजात्रा (फोटो फिचरसहित)

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, १५ चैत्र, २०८१

टुँडिखेलमा सेनाले मनायो घोडेजात्रा (फोटो फिचरसहित)

१६ चैत्र २०८१, काठमाडौं । नेपाली सेनाले शनिवार टुँडिखेलमा घोडेजात्रा पर्व मनाएको छ । सेनाले एक विशेष समारोहको आयोजना गरेर घोडेजात्रा पर्व मनाएको हो ।

चैत कृष्ण औंसीको अवसरमा शनिबार काठमाडौं उपत्यकामा परम्परागत घोडे जात्रा मनाउँदै आएको छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

परापूर्व कालदेखि उपत्यकाको मानव वस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडजात्रा मनाइएको पाइन्छ। त्यहीँ जनविश्वास र सस्कृतिलाई निरन्तरता दिदै काठमाडौंको टुडिखेलमा घोडेजात्रा नेपाली सेनाले आयोजना गरेको थियो ।

नेपाली सेनाले आयोजना गरेको घोडे जात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधानमन्त्री, मन्त्री, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधिलगायत उच्च पदस्थ अधिकारीहरूको सहभागीता रहेको थियो ।

घोडेजात्रामा सैनिकहरुले विभिन्न व्याण्डद्धारा धुनहरु प्रस्तुत गरेका थिए भने घोडाहरुद्वारा शो जम्प प्रस्तुत गरेको थियो । यो प्रस्तुतीमा घोडाहरुले विभिन्न पर्खालहरु नाघेका थिए। साहाशिक सेनाहरुले घोडाको चालको गतिमा विभिन्न पर्खालहरु उफ्रेर अगाडि बढेका थिए ।

advertisement_1676998982.gif