सोमबार, १० कार्तिक, २०८३

आज नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

राष्ट्रिय सन्‍देश संबाददाता, १ घण्टा पहिले

आज नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने

२०८३ कार्तिक ०९ काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो तथा थप परिमार्जित संस्करण आजबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा सुरु हुँदैछ। प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ५ बजे गर्ने कार्यक्रम तय भएको छ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले करिब एक महिनासम्म सञ्चालन हुने यस प्रतियोगितालाई थप भव्य र स्तरीय बनाउन व्यापक परिवर्तन ल्याएको छ। प्रतियोगितालाई निष्पक्ष र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्न पहिलो पटक Decision Review System (DRS) प्रविधि लागू गरिएको छ। यसका साथै, विभिन्न टोलीमा विश्वविख्यात विदेशी स्टार खेलाडीहरूको सहभागिताले प्रतियोगिताको आकर्षण र प्रतिस्पर्धालाई अझ माथि पुर्‍याएको छ।

कुल आठ टोलीहरूको सहभागिता रहने यस प्रतियोगितामा देशभरका क्रिकेट प्रेमीहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ। क्यानले दर्शकहरूको सुविधा र खेल व्यवस्थापनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।

advertisement_1680627680.gif