राष्ट्रिय सन्देश संबाददाता, शनिबार, १९ माघ, २०८१
माघ १९, २०८१, काठमाडौँ । रिब्दिकोट गाउँनगरपालिका पाल्पा काठमाडौँ सम्पर्क मंचको आयोजनामा आज शनिवार सम्पन्न WRI T10 लिग २०२५ इन्डोर क्रिकेट प्रतियोगिताको विजेता तानसेन नगरपालिका काठमाडौँ सम्पर्क मंच बनेको छ । त्यस्तै उपविजेतामा रिब्दिकोट गाउँनगरपालिका काठमाडौँ सम्पर्क मंच रहन सफल भएको छ ।
विजेता उप विजेता, खेलका उत्कृस्ट बलर, ब्याट्सम्यान तथा खेलाडीलाई प्रमुख अतिथि राज्यका नीति निर्देशक सिद्धान्त, नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मुल्यांकन समितिका सभापति तथा पाल्पा क्षेत्र न २ का संघिय सांसद ठाकुर प्रसाद गैरेले ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए । सेमी फाइनलमा तानसेनले बगनासकाली तथा रिब्दिकोटले रामपुरलाई हराउदै फाइनलमा प्रवेश गरेका थिए।
टस जितेर ब्याटिंग रोजेको रिब्दिकोटले तानसेनलाई ६१ रनको लक्ष्य दिएको थियो तर तानसेनले उक्त लक्ष्य निर्धारित आठ ओभरको अन्तमा एक बल बाकि रहदा पुरा गरि खेललाई जीत तर्फ लैजान सफल भएको हो।