सोमबार, ११ कार्तिक, २०८२

केपी ओली कप २०२५ को फाइनल खेल सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने

राष्ट्रिय सन्‍देश संबाददाता, आईतवार, १८ फाल्गुन, २०८१

केपी ओली कप २०२५ को फाइनल खेल सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने

काठमाडौँ। केपी ओली कप २०२५ को फाइनल खेल डिफेन्डिङ च्याम्पियन मछिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लबबीच सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ हुनेछ।पछिल्लो २ संस्करणको उपाधि मछिन्द्र फुटबल क्लबले हासिल गरेको थियो।

मछिन्द्र फुटबल क्लबले फेरि पनि उपाधि आफ्नो पोल्टामा पार्नका लागि लागि परेको छ भने  त्रिभुवन आर्मी क्लब पनि यसपटक नयाँ र पुरानो खेलाडीको समिश्रणसहित उपाधिकै लागि भिड्न गैरहेको छ ।प्रतियोगिताको विजेता हुने टोलीले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेता हुने टोलीले ५ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन्।केपी ओली कप २०२५ को फाइनल खेलमा इटालीबाट विश्वकप विजेता गोलकिपर जियानलुजी वुफन मुख्य आकर्षणको रुपमा रहेका छन्।

advertisement_1744958411.jpg