बिहीबार, २८ फाल्गुन, २०८२

बैतडीमा जन्ती बोकेको बस दुर्घटना

राष्ट्रिय सन्‍देश संबाददाता, बिहीबार, २३ माघ, २०८२

बैतडीमा जन्ती बोकेको बस दुर्घटना

२०८२ माघ २२, बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । जिल्लाको पुर्चाैडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दिपक कुमार रायले जानकारी दिए । बस बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किँदै गरेको बुझिएको छ । 

उद्धारमा खटिएका स्थानीयहरूका अनुसार ठुलै हाताहाती भएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

घटनास्थलमा अहिले स्थानीय र प्रहरीले उद्धारको काम गरिरहेका छन् ।

advertisement_1676553908.gif