राष्ट्रिय सन्देश संबाददाता, मंगलवार, १८ मंसिर, २०८१
अछाम, मंसिर १८ । अछाममा भरुवा बन्दुकसहित प्रहरीले एक जना पक्राउ गरेको छ । साँफेबगर नगरपालिका–७ रिडिकोटका ३३ वर्षीय कुँवेर केसी एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय, बयलपाटाको टोलीले उनलाई मंगलबार घरबाटै पक्राउ गरेको हो । उनको घरमा भरुवा बन्दुक लुकाएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त विषयमा थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ।