मंगलवार, २८ आश्विन, २०८२

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

राष्ट्रिय सन्‍देश संबाददाता, शनिबार, २६ आश्विन, २०८१

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

सांकेतिक तस्बिर

कैलाली, असोज २६ । कैलालीमा बञ्चरो प्रहार गरेर ४७ वर्षीया श्रीमानले श्रीमतीको हत्या गरेका छन् । कैलालीको चुरे गाउँपालिका–६ ढुङ्गेनी स्थित डम्मरबहादुर चुनाराले ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको बञ्चरो प्रहार गरी हत्या गरेका छन् ।

४७ वर्षीया चुनाराले आफ्नी श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

घरायसी विवादमा उनले पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ ।  डम्बरबहादुरलाई इलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।

advertisement_1744958411.jpg