राष्ट्रिय सन्देश संबाददाता, बिहीबार, २७ चैत्र, २०८१
२८ चैत्र २०८१, डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
हुरी, असिनापानीसँगै परेको चट्याङ लागेर गएराति सायल गाउँपालिका–६ दल्लेखमा एक महिलाको मृत्यु भएको र सात जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइते हुनेमा मृतक नागरीकी १० वर्षीया छोरी तारा नागरी उनकै छोराहरू ८ बर्षीय अविशेक नागरी ६ बर्षीय अबि नागरी र ३ महिने शंकर नागरी सोही ठाउँकी ४० वर्षीय तारा नागरी ८० वर्षीया कालि दमाई र ६ बर्षीय खुशी नागरी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।