राष्ट्रिय सन्देश संबाददाता, बुधबार, ११ भाद्र, २०८२
२०८२ भदौ १२, काठमाडौँ । डडेल्धुरामा जीप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । शैलेश्वरी यातायातको दिपायलबाट धनगढीतर्फ जाँदै गरेको बलेरो पिकअप जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परि ७ जनाको घाइते भएका छन् ।
नवदुर्गा गाउँपालिका–५ को उकल्ली काणे भन्ने स्थानमा बिहीबार बिहान करिब ८ बजे चामाबाट डडेल्धुरातर्फ गइरहेको से १ ज ७३८ नम्बरको जीप करिब २ सय मिटर तल खस्दा दुर्घटना भएको हो ।
दुर्घटनामा गाडी धनी अछाम घर भइ हाल दिपायल सिलगडी नगरपालिका ४ बस्दै आएका विनोद रावल, आर्दश गाउँपालिका वडा नं. २ का ४० वर्षीय वडा अध्यक्ष प्रेमबहादुर बोहरा र आर्दश गाउँपालिका २ कै ३५ वर्षीय लालबहादुर बोहरा र १३ वर्षीया बालिका जानकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।
त्यस्तै घाइते हुनेमा आदर्श गाउँपालिका १६ वर्षीय हेमा बोहरा ,४६वर्षीय टेकबहादुर बोहरा, १५वर्षीय विनोद बोहरा, २१ वर्षीय नरेश बोहरा, १३ वर्षीया बिमला बोहरा, गाडी चालक डडेल्धुरा अमरगढी ५ का ३० वर्षीय विष्णु विक र शिराहा घर भएका २२ करुणकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइते चारजनाको उपक्षेत्रीय अस्पताल डडेल्धुरा उपचार भइरहेको छ भने तीनजनालाई रिफर गरिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ ।
दुर्घटनाग्रस्त जीपमा चालकसहित १० जना सवार थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।