मंगलवार, २८ आश्विन, २०८२

हिमपहिरोमा मृत्यु भएका सबैको सनाखत, बेपत्ता भएकाहरूको खोजी कार्य जारी

रााष्ट्रिय सन्‍देश डेक्‍स, बिहीबार, २१ बैशाख, २०८०

हिमपहिरोमा मृत्यु भएका सबैको सनाखत, बेपत्ता भएकाहरूको खोजी कार्य जारी

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका-१ को भोलुम डाँडामा गएको हिमपहिरोमा परेर ज्यान गुमाएका सबैको सनाखत भएको छ । मंगलबार दिउँसो हिमपहिरोमा परेका भोलुम डाँडाको भिरमा अड्किएको अवस्थामा बुधबार शव निकालिएका तीनै जनाको सनाखत भएको ग‍रिएको हो।

बेपत्‍ता भएकाहरूलाई खोजी गर्ने क्रममा भीरमा अड्किएको अवस्थामा निकालिएको शव दार्चुलाको दुहुँ गाउँपालिका-४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको भएको जिल्ला प्रहरी कार्यालयका दार्चुलाले जनाएको छहिमपहिरोमा हराइरहेका डोटीको जोरायल गाउँपालिका-२ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अज्ञात छ । उनीहरुको खोजीका लागि बिहीबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलतर्फ लागेको छ ।

मंगलबार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए भने ७ जनाले भागेर ज्यान जोगाएका थिए ।

advertisement_1676998982.gif