राष्ट्रिय सन्देश संबाददाता, सोमबार, २२ फाल्गुन, २०७९
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।आइतबारकाे प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले पेश गरेकाे विश्वासकाे मत सम्बन्धी प्रस्तावकाे पक्षमा ४१ र विपक्षमा ११ मत परेकाे हाे ।सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेकाे प्रस्तावकाे पक्षमा बहुमत सदस्यले मतदान गरेकाेले प्रस्ताव बहुमतले स्वीकृत भएकाे घाेषणा भएको हो । याे मत ५३ सदस्यीय प्रदेशसभाकाे दुई तिहाइ भन्दा बढी हाे ।
२६ माघमा संविधानकाे धारा १६८ काे उपधारा(३) अनुसार ठूलाे दलकाे हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका शाहलाई कांग्रेसका १९, माओवादी केन्द्रका (सभामुख बाहेक) १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४ र स्वतन्त्र सांसद डा.तारा जाेशीले विश्वासकाे मत दिएका हुन् ।