मंगलवार, २८ आश्विन, २०८२

प्रधानमन्त्रीले गरे सिँचाई र विद्युतगृहको उद्घाटन

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १४ श्रावण, २०८२

प्रधानमन्त्रीले गरे सिँचाई र विद्युतगृहको उद्घाटन

२०८२ साउन १३, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्‍तर्गत  थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले १४ हजार ३०० हेक्टर सुविधाको सिँचाइ आयोजना र चार दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।

कैलालीको जानकी गाउँपालिका–९ कटासेस्थित सिँचाइ नहरबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमा जोडिएको छ । राष्ट्रिय गौरवको आयोजना रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको दोस्रो चरणका कार्यक्रम सम्पन्न भई अब तेस्रो चरणका कार्यक्रम सुरु भएको हो ।

सो आयोजनाले टीकापुर, लम्कीचुहा र जानकी गाउँपालिकामा सेवा दिँदै आएकामा अब तेस्रो चरणअन्तर्गतको आयोजनाबाट भजनी, जोशीपुर, बर्दगोरिया, घोडाघोडीलगायतका पालिकामा सिँचाइ विस्तार र कृषि उत्पादन वृद्धि अनुमान गरिएको छ ।

advertisement_1676553908.gif