मंगलवार, २८ आश्विन, २०८२

रक्त सम्राट कर्माचार्यले बझाङमा गएर १७८ औं पटक रक्तदान गरे

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, २१ बैशाख, २०८१

रक्त सम्राट कर्माचार्यले बझाङमा गएर १७८ औं पटक रक्तदान गरे

चैनपुर, बझाङ। नेपालकै सर्वाधिक स्वयंसेवीशतक रक्तदाता प्रेमसागर कर्माचार्यले यहाँआएर १७८ औं पटक रक्तदान गर्नु भएको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष समेत रहनु भएका कर्माचार्यले जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल बझाङको संयुक्त रुपमा मंगलवार आयोजित कार्यक्रममा रक्तदान गर्नु भएको हो । 

नेपाल स्वयंसेवी रक्तदाता समाजको ३८ औं बझाङ जिल्ला गठनका लागि आयोजित अन्तरक्रियात्मक भेला सहित रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवीशतक रक्तदाता कर्माचार्यले नेपाल स्वयंसेवी रक्तदाता समाज स्थापनाको आवश्यकता माथि प्रकाश पार्नु भएको थियो । 

सो भेलामा संविधानसभा सदस्य चन्द्रा जोशीको प्रमुख आतिथ्य र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष शतक रक्तदाता कर्माचार्यको विशेष आतिथ्यमा जिल्ला अस्पताल बझाङको सभाकक्ष, जयपृथ्वी नगरपालिका, चैनपुर, बझाङमा, जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्ला अस्पताल बझाङको संयुक्त आयोजनामा सम्पन्न सो भेलामा अर्का विशेष अतिथिको रुपमा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामी र सुन बहादुर सिंहको पनि सहभागिता रहेको थियो । 

रक्त सम्राटको रुपमा सम्मानितशतक रक्तदाता कर्माचार्यले रक्तदान महादानको अभियानलाई देशभर फैलाउनका लागि जिल्ला जिल्लामा गएर स्वयं रक्तदान गरेर स्थानीय युवाहरुलाई उत्पे्ररित गर्ने र नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखाहरु गठन गराउँदै आउनु भएको छ ।उहाँले काठमाडौं उपत्यका बाहेक झापा मकवानपुर, पाँचथर, काभ्रेपलाञ्चोक, धादिङ, लमजुङ, तनहुँ, कास्की, दोलखा, म्याग्दी, पर्वत तथापश्चिम नेपालमा रुपन्देही, बाँके, बर्दिया, दाङ, कैलाली, कन्चनपुर, मुगु, डोल्पा, कपिलवस्तु, कैलाली, डोटी, डडेल्धुरा लगायत करीब ३० जिल्लाहरुमा गएर रक्तदान गर्दै स्थानीय बासिन्दाहरुलाई मानवजीवनमा रगतको महत्व, आवश्यकता र रक्तदान अभियानको बारेमा जनचेतना जगाउँदै हरेक तीन महिनामा नियमित रक्तदानगर्न  जोशी अध्यक्षतामाबझाङ जिल्लाशाखा गठन गरिएको छ । जसमाउपाध्यक्ष बसन्ती जोशी, सचिव महेन्द्र बहादुर खड्का, कोषाध्यक्ष पशुपति भट्ट र सदस्यहरूमा क्रमशः बाम बहादुर भण्डारी, पूर्ण बहादुर भण्डारी, श्याम नेपाली, डी.बी. विष्ट, रमेश खाती, इन्द्रबहादुर बोहरा, कल्पना रोकाया र देवीचन्द्र थापा रहनुुभएको छ ।

त्यसैगरी सल्लाहकारहरूमा लालबहादुर धामी संयोजक रहने गरि सञ्जीव भण्डारी र गंगा प्रसादजोशी सदस्य रहनु भएको छ ।नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्षएवं स्वयंसेवीशतक रक्तदाता प्रेमसागर कर्माचार्यले समाजद्वारा प्रकाशनमा ल्याएको नयाँ वर्षको ज्ञानवर्धक भित्तेपात्रो लगायत समाजका अन्यप्रकाशन समाग्रीहरू नव गठित कार्यसमितिलाई हस्तान्तरण गर्नु भएको थियोे ।

उहाँले नवगठित नेपाल स्वयंसेवी रक्तदाता समाजबझाङ जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई खादालगाई बधाई ज्ञापन गर्नु भएको थियोे ।नवगठित कार्यसमितिका अध्यक्ष सरस्वती जोशीले आगामी शनिवार भेलाको समीक्षा र भावी कार्य योजना बारे छलफल गरिने जानकारी दिनुभएको थियो ।

रक्त सम्राट कर्माचार्यले बझाङमा गएर १७८ औं पटक रक्तदान गरे

advertisement_1676551694.gif