मंगलवार, २८ आश्विन, २०८२

दार्चुलामा हिमपहिरोमा परि पाँच जना बेपत्ता, सात जनाको उद्धार

राष्ट्रिय सन्‍देश संबाददाता, मंगलवार, १९ बैशाख, २०८०

दार्चुलामा हिमपहिरोमा परि पाँच जना बेपत्ता, सात जनाको उद्धार

दार्चुला। दार्चुलामा हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । दार्चुलाको ब्याँस गाउँपालिका-१, बोलिनमा मंगलबार करिव २ः४५ मा गएको हिमपहिरोमा परेर बेपत्ताको खोजी गर्न गएको सशस्त्र प्रहरी बलको टोली अध्याँरो भएपछि फर्किएको छ ।

मान्छे बेपत्ता भएको खबर पाएपछि छाङरुको गाँगाबगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ५० नं गुल्मबाट रेस्क्यू टोली बोलिनतर्फ गएको टोलीले उद्वार गरेको थियो।

१२ जना यार्सा सङ्कलन गर्न गएकाहरू पालमुनि बसेको बेला एक्कासी हिमपहिरो आउँदा पाँच जना बेपत्ता भएका छन भने सात जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीका अनुसार  बेपत्ता मध्ये चार महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ।

केही दिनदेखि छाङरु र तिंकरलगायतका स्थानहरुमा हिमपात भइरहेको र अहिले करिब पाँच फिट हिउँ जमेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डेले बताएका छन।

जिल्‍ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बुधवार बिहानैबाट फेरि खोजी तथा उद्दार कार्य सुरु गरिने बताइएको छ। 

advertisement_1676553908.gif