मंगलवार, ९ भाद्र, २०८३

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

राष्ट्रिय सन्‍देश संबाददाता, शुक्रबार, १५ श्रावण, २०८३

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

२०८३ साउन १५, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ ।

जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लागेको छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

आज राति देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । 

कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

advertisement_1680627706.gif